ताजा अपडेट »

नेपालमा ८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर

सोमबार, २४ कार्तिक २०७७, १७ : ४२
4 Shares

बुटवल । देशभर गरी ८३ जना कोरोना संक्रमितको अवस्था गम्भीर रहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८३ जना संक्रमितहरु भेन्टिलेटरमा उपचाररत छन् भने ४११ जना संक्रमित आइसियुमा छन्। पछिल्लो समय आइसियु र भेन्टिलेटरमा उपचाररत संक्रमितको संख्या बढ्दै गएको मन्त्रालयको तथ्यांकमा उल्लेख गरेको छ ।

शनिबार ४४१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत थिए भने आइतबार ४८० जना संक्रमित थिए। त्यस्तै सोमबारको तथ्यांकअनुसार ४९४ जना संक्रमितहरु आइसियु तथा भेन्टिलेटरमा उपचाररत छन्। सोमबार आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा २०४ जना आइसियुमा र ५२ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ५४ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन्।

त्यस्तै प्रदेश १ मा ४९ जना आइसियुमा र १३ जना भेन्टिलेटरमा र प्रदेश २ मा ८ आइसियुमा र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ। त्यस्तै सुदूरपश्चिममा १५ आइसियुमा र १ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ७२ आइसियुमा र ९ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ९ आइसियुमा उपचाररत रहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।