ताजा अपडेट »

चर्चित हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ भोलीदेखि पुनः प्रसारण

सोमबार, २४ कार्तिक २०७७, १७ : २१
4 Shares

काठमाडौँ । कोरोनाका कारण लामोसमयदेखि रोकिएको नेपालको चर्चित हाँस्य श्रृङ्खला ‘सक्किगोनी’ पुनः प्रसारण हुने भएको छ । सक्किगोनी आगामी मंसिर २५ गतेदेखि हरेक बिहीबार राती ८ बजे हिमालय टेलिभिजनबाट प्रसारण हुनेछ । यस अघि ‘सक्किगोनी’ नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको थियो ।

कोरोना महामारीका कारण केही महिना रोकिएको श्रृङ्खला केही सातापछि हिमालय टीभीबाट प्रसारण शुरु हुने कार्यक्रमका निर्देशक कुमार कट्टेल ‘जिग्री’ले जानकारी दिए । शहरदेखि गाउँसम्म राती ८ बजे टीभी हेर्ने मुख्य समय भएकाले यही समयमा लोकप्रिय हाँस्य श्रृङखला प्रसारण गर्न लागिएको हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए ।

हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृङखलालाई जेपीटी क्रियशनले निर्माण गर्ने छ । कार्यक्रमको बजारीकरणका लागि एडप्याड प्रा.लि.लाई अनुबन्ध गरिएको टेलिभिजनका कार्यकारी निर्देशक कँडेलले जानकारी दिए ।

हिमालय टेलिभिजनले पछिल्लो समय बजारमा पहिलो श्रेणीमा रहेका कार्यक्रमहरु उत्पादन एवं प्रसारण गर्दै आएको छ । द भ्वाइस अफ नेपाल, डान्सिङ वीथ द स्टार, हिमालय रोडिज लगायत अन्तर्राष्ट्रियस्तरमा नम्बर एक बन्न सफल कन्टेन्टहरुको उत्पादन तथा प्रसारण गरिरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।