ताजा अपडेट »

नेपालमा थपिए २ हजार ५७१ जनामा कोरोना संक्रमित

सोमबार, २४ कार्तिक २०७७, १६ : २८
6 Shares

बुटवल । नेपालमा थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ५७१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७९८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५९ हजार ७२४ जना स‌ंक्रमणमुक्त भएका छन् ।

यस्तै हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ । क्वारेन्टिनमा ९६७ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।