ताजा अपडेट »

‘बैठक राखी विवाद समाधान गरौं' : नेकपा अनुशासन आयोग

सोमबार, २४ कार्तिक २०७७, १५ : ३८
4 Shares

बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र पछिल्लोसमय चर्किएको आन्तरिक विवादलाई अविलम्ब बैठक राखेर समाधान गर्न केन्द्रीय अनुशासन आयोगले आग्रह गरेको छ ।सोमबार एक विज्ञप्ति जारी गर्दै आयोग अध्यक्ष अमृतकुमार बोहराले पार्टीका नेताहरुबीच केहि समययता दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने गरी गालिगलौज र निन्दा भर्त्सना सुरु भएकोले तत्काल बैठक राखी विवाद समाधान गर्न नेतृत्वसँग आग्रह गरेका हुन् ।

‘यस्तो महत्वपूर्ण भूमिका भएको पार्टीमा हिजो आज दिनहुँजसो सम्पूर्ण जनसमुदाय र आमपार्टीपंक्तिलाई निराश पार्ने "गालीगलौज” “निन्दा भत्सर्ना” “आरोप–प्रत्यारोप” र “पार्टी विभाजन” जस्ता सुन्नै नसकिने अत्यन्त अप्रिय कुराहरु सार्वजनिक सञ्चारमाध्यमबाट आउने गरेका छन् । यो हाम्रो लागि गम्भीर चिन्ताको विषय हो । हामीसँग आन्तरपार्टी विवाद सञ्चालनका निक्कै राम्रा माक्र्सवादी परम्परा रहेका छन्। विगतमा पार्टीमा उत्पन्न ठूलठूला विवादहरु पनि अन्तरपार्टी संघर्षका माध्यमबाट समाधान भएका धेरै उदाहरणहरु हामीसँग छन्। त्यतातर्फ म नेतृत्वगणको ध्यानाकर्षण गर्दछु।’ बोहराले विज्ञप्तिमा भनेका छन् ।

बोहराले पार्टीका निर्णयहरु कार्यान्वयन नभएको प्रति पनि चासो व्यक्त गरेका छन् ।बोहोरानाले पार्टीमा अहिले देखिएको विवादको पनि विधान बमोजिम समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले भनेका छन्, जति सकिन्छ चाँडो पार्टीको बैठक राखौं । बैठक राख्ने विषयलाई प्रतिष्ठाको विषय नबनाऔं ।’

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।