ताजा अपडेट »

सियारीका ११ विपन्न परिवारलाई गाउँपालिकाले दियो घर

सोमबार, २४ कार्तिक २०७७, १५ : २४
2 Shares

रूपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाले अति विपन्न परिवारलाई ११ घर हस्तान्तरण गरेको छ । सियारी आवास निर्माण कार्यक्रम अन्तर्गत ११ वटा घर निर्माण गरि गाउँपालिकामा रहेका अति विपन्न ११ परिवारलाई घर हस्तान्तरण गरिएको हो ।

गाउँपालिकाको ४४ लाख बजेटमा ११ वटा घर निर्माण सम्पन्न गरि हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष अयोध्या थारुले बताए । वडा नं. १, ४, ५ र ६ मा २/२ घर र वडा नं. ७ का ३ परिवारलाई घर हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।

निर्माण भएको घरमा २ कोठा, एक भान्सा कोठा, बरन्डा र शौचालयसहितको टिनको छानो भएको भूकम्प प्रतिरोधात्मक भएको योजना शाखा प्रमुख रोमलाल पुरीले जानकारी गराए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।