ताजा अपडेट »

विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा शाक्य

सोमबार, २४ कार्तिक २०७७, १२ : ४५
10 Shares

बुटवल । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । ऊर्जा मन्त्रालयले शाक्यलाई बरिष्ठताका आधारमा प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

उर्जा जलस्रोत तथा सिञ्चाईमन्त्री वर्षमान पुनले एनइए इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता गराउन निर्देशन दिएसँगै उनले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् ।

मन्त्रालयका अनुसार शाक्यले आजैदेखि नै पद सम्हाल्ने भएका छन् ।

तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते कार्यकाल सकिएपछि लेखनाथ कोइरालालाई निमित्तको जिम्मा दिएको थियो।

बरिष्ठतामा शाक्य कोइरालाभन्दा माथि रहेकोले अब अर्को व्यवस्था नहुन्जेल शाक्यले नै प्राधिकरणको नेतृत्व सम्हाल्ने मन्त्रालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।