ताजा अपडेट »

माघे संक्रान्तिमा गोरु जुधाई

मंगलबार, ०१ माघ २०७५, १६ : ००
4 Shares

नुवाकोट । माघे संक्रान्तिको गोरु जुधाइ भन्नासाथ धेरैले सम्झने ठाउँ नुवाकोटको तारुका हो तर, तारुका मात्र नभई जिल्लामा गोरु जुधाइको क्षेत्र फैलँदै गएको छ।

तारुकामा व्यवस्थित रुपमा गोरु जुधाउन थालेको पाँच वर्षपछि नुवाकोट र रसुवाको सीमा बेत्रावती (नुवाकोट पट्टिको भू–भाग) मा गोरु जुधाउन सुरु भएको थियो ।
मंगलबार बेत्रावतीमा गोसाईकुण्ड युवा क्लवले आयोजना गरेको गोरु जुधाइ उत्सवमा ठूलो संख्यामा सर्वसाधारण उपस्थित भएका छन् ।

विदुर नपा–१० बेत्रावतीमा सञ्चालन हुने गोरु जुधाइमा नुवाकोट र रसुवाका किसानहरुसमेत आआफ्ना गोरु लिएर आएका छन् । विजेता गोरुधनीलाई ३ हजार र उपविजेतालाई २ हजार पाँच सय प्रदान गरिने छ भने सहभागी गोरुधनीलाई एक हजार ५०० रुपैयाँ दिइने छ ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह माघे सङ्क्रान्तिका बेला हालको गोरुजात्रा हुने स्थान चन्दनीस्थित मामाघर आउँदा भाञ्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा सुरु गरेको बताइए पनि यकिन इतिहास भेटिएको छैन । यही परम्परा अन्त पनि विस्तार हुँदै क्रमशः राजधानी र वरपरका धेरै जिल्लाको लागिसमेत मनोरञ्जनको माध्यम बनिसकेको पाइन्छ ।-https://deshsanchar.com

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।