ताजा अपडेट »

कोरोना अस्पतालमा बुटवलका संक्रमित पुरुषको मृत्यु

सोमबार, २४ कार्तिक २०७७, ११ : २६
6 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार बुटवल उपमहानगरपालिका–१७ का ४५ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो ।

कात्तिक २२ गते कोरोनाको रिपोर्ट पोजेटिभ आएपछि उनी सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना थिए । ती पुरुष ज्वरो, कलेजो र मृगौलाको दिर्ग रोगी रहेको सूचना अधिकारी डा. गौतमले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।