ताजा अपडेट »

१७ अर्बको ट्रेजरी बिल बिक्री हुँदै

सोमबार, २४ कार्तिक २०७७, १० : ५६
4 Shares

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रु १७ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ। केन्द्रीय बैंकको सूचनाअनुसार उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल प्रक्रियाका माध्यमबाट बिक्री गर्न लागिएको हो । बैंकका अनुसार सबै परिमाणको ट्रेजरी बिल नवीकरण गर्न लागिएको हो । त्यसमध्ये रु पाँच अर्ब बराबरको ट्रेजरी बिल भने २८ दिनका लागि बिक्री गरिनेछ।

उक्त बिल आगामी मंसिर २३ गते परिपक्व हुनेछ । यस्तै रु १० करोड बराबरको ट्रेजरी बिल ९१ दिनका लागि बिक्री गरिदैछ । उक्त बिल आगामी माघ २७ गते परिपक्व हुनेछ । त्यस्तै रु १२ अर्ब बराबरको ट्रेजरी बिल भने १८२ दिनका लागि बिक्री गर्न लागिएको हो। उक्त ट्रेजरी बिल भने २०७८ साल वैशाख २८ गते परिपक्व हुनेछ। बैंकले यही कात्तिक १७ गते रु एक अर्ब ६६ करोड बराबरको टे«जरी बिल बिक्री गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।