ताजा अपडेट »

तुलसीपुरका ८ जना संक्रमितको मृत्यु

आइतबार, २३ कार्तिक २०७७, २० : २२
4 Shares

तुलसीपुर । तुलसीपुरमा कोरोना संक्रमित र मृत्यु हुनेको दर दिनप्रतिदिन बढ्दो रहेको छ । कोरोना परिक्षण गराएका अधिकांसको रिपोट पोजेटिभ आउने गरेको छ । हाल तुलसीपुरका झन्डै ६ सय जनालाई कोरोना संक्रमण पुष्टि भएके छ भने कोरोना संक्रमित मध्ये हाल सम्म ८ जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको सुचना शाखाले दिएको जानकारी अनुसार आईतवारसम्म तुलसीपुरका ८ जना संक्रमितको विभिन्न अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको छ ।

ती मध्ये बाँकेमा ५ जना,२ जनाको काठमाडौ र एक जनाको होम आईसोलेसनमै मृत्यु भएको शाखाले जानकारी दिएको छ । यसरी मृत्यु हुनेमा सवैभन्दा धेरै ५० बर्षदेखि माथीका रहेका छन् । जसमा ७ जना पुरुष र १ महिला रहेका छन् । केहि दिनअघि तुलसीपुर १० का ३८ बर्षिय एक पुरुषको ह्याम्स मेडिकल कलेज काठमाडौ र २० बर्षिया एक सुत्केरी महिलाको बाँकेको नेपालगंन्ज मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको हो । यस्तैगरी वडा नम्वर ५ का ७६ बर्षिय एक पुरुष र वडा नम्वर ६ का ५५ बर्षिय एक पुरुषको नेपालगन्ज मेडिकल कलेजमा मृत्यु भएको छ ।

शाखाले दिएको जानकारी अनुसार वडा नम्वर ९ का २८ बर्षिय एक पुरुषको भेरी अस्पताल र वडा नम्वर १८ का ७० बर्षिय एक पुरुषको कोहलपुर मेडिकल कलेज तथा वडा नम्वर १८ का ५३ बर्षिय एक पुरुषको होम आईसोलेसन र वडा नम्वर ७ का ५७ बर्षिय एक पुरुषको ग्राण्डी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको शाखाका सुचना अधिकारी बावुराम पाण्डेले जानकारी दिएका छन् । संक्रमितको संख्या झन्डै छ सय तुलसीपुरमा हाल सम्म संक्रमित हुनेको संख्या झन्डै छ सय पुगेको छ । उपमहानगर भित्र हाल सम्म ५८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा महिला भन्दा पुरुषको संख्या धेरै रहेको छ । जसमा महिलाको संख्या १५७ र पुरुषको संख्या ४३१ रहेको छ ।ती मध्ये ३९३ जना कोरोना मुक्त भईसकेका छन् भने १९५ जना अझै संक्रिय संक्रमित रहेको उपमहानगरपालिका सुचना शाखाले जनाएको छ । १७८ जना होम आईसोलेसनमा तुलसीपुरका संक्रमित मध्ये अधिकांस होम आईसोलेसनमा बसेका छन् । उपमहानगरपालिका सुचना शाखाले दिएको जानकारी अनुसार जम्मा संक्रिय संक्रमित १९५ मध्ये १७८ जना होम आईसोलेसनमा रहेका छन् । अन्य सक्रिय संक्रमितहरु १२ जना कोरोना विशेष अस्पताल बेलझुण्डी र ५ जना होटेल आईसोलेसनमा बसेका छन् । सबैभन्दा धेरै ३० बर्ष मुनिका प्रभावित तुलसीपुर उपमहानगरपालिकामा कोरोना संक्रमित हुनेमा सवैभन्दा बढि ३० बर्ष मुनिका रहेका छन् ।

सुचना शाखाका अनुसार २१ वर्ष उमेर समुह देखी ३० वर्ष मुनिका धेरै संक्रमित रहेका छन् । सो उमेर समुहका २१३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।यस्तैगरी १० वर्ष मुनिका १९, २० वर्ष मुनिका ५२, ४० वर्ष मुनिका १७४, ५० वर्ष मुनिका ६९, ६० वर्ष मुनिका ३७, ७० वर्ष मुनिका १६ र ८० वर्ष मुनिका ५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा समुदाय स्तरका धेरै तुलसीपुरमा कोरोना संक्रमित हुनेमा सवैभनदा धेरै समुदाय स्तरका नागरिक रहेका छन् । हाल सम्म कोरोना संक्रमित भएका मध्ये समुदाय स्तरका ४०८जना , भारतबाट आएका ७७ जना, तेस्रो मुलुकबाट आएका १२ जना, स्वास्थ्यकर्मी २३ जना, नेपाली सेना ३० जना, नेपाल प्रहरी ५ जना, जनप्रतिनिधि ४ जना, कर्मचारी २२ जना, शिक्षक ५ जना र पत्रकार २ जना रहेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।