ताजा अपडेट »

तिलोत्तमाको कोटिहवामा पशु सेवा केन्द्र

आइतबार, २३ कार्तिक २०७७, १९ : १२
6 Shares

तिलोत्तमा । तिलोत्तमा नगरपालिकाको वडा नं. १५ कोटिहवामा पशु सेवा केन्द्र सञ्चालनमा आएको छ । वडा नं. १३, १४, १५, १६ र १७ का किसानलाई सेवा दिनेगरी स्थापना गरिएको पशु सेवा केन्द्रको आइतबार नगर उपप्रमुख जगेश्वरदेवी चौधरीले उद्घाटन गरिन् । यसअघि वडा नं. २ जानकीनगरमा मात्र सञ्चालनमा रहेको पशु सेवा केन्द्रलाई आन्तरिक स्रोतमा प्राविधिक नियुक्त गरेर नगरपालिकाले कोटिहवामा समेत विस्तार गरेको हो ।

उद्घाटन कार्यक्रममा नगर उपप्रमुख चौधरीले तिलोत्तमा नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै पशु सेवा केन्द्रबाट अधिकतम लाभ उठाउन किसानलाई आग्रह गरिन् । वडाध्यक्ष खेमराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा अगुवा किसानको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।