ताजा अपडेट »

रुपन्देहीको तिलोत्तमामा देउसी भैलो खेल्न प्रतिबन्ध

आइतबार, २३ कार्तिक २०७७, १७ : १०
6 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले तिहारमा खेलिने देउसी भैलो कार्यक्रममा प्रतिबन्ध लगाएको छ । नगर क्षेत्रभित्र समुदायस्तरमा तिव्र गतिमा फैलिएको कोरोना संक्रमणको जोखिमलाई रोकथाम, नियन्त्रण तथा न्यूनिकरणका लागि यस वर्ष तिहारमा खेलिने देउसी भैलो रोकेको जनाएको छ ।

कात्तिक १९ गते बसेको नगरको सचिवालयको बैठकले यस वर्षको देउसी भैलो रोक्ने निर्णय गरेको नगरपालिका प्रमुख प्रशाासकीय अधिकृत माधव प्रसाद शर्माले आइतबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ । नगरपालिकाले यस वर्ष नगरक्षेत्र भित्र दिउसी भैलो कार्यक्रम नगर्न÷नगराउन सबै नगरबासीमा अपिल समेत गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।