ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा सैनामैनाका संक्रमित पुरुषको मुत्यु

आइतबार, २३ कार्तिक २०७७, १६ : ४९
2 Shares

बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा एक संक्रमितको मृत्यु भएको छ । सैनामैना नगरपालिका–१ का ५५ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

कोरोना अस्पतालमा आइतबार भर्ना भएका ती पुरुषमा ज्वरो, उच्च रक्तचाप र स्वास्प्रश्वासमा समस्या रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए । ती पुरुषको आज नै कोरोनाको रिपोर्ट पोजेटिभ आएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।