ताजा अपडेट »

नेपालमा थप २ हजार ८१७ जनामा कोरोना संक्रमण

आइतबार, २३ कार्तिक २०७७, १६ : ४०
6 Shares

बुटवल । नेपालमा थप २ हजार ८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २ हजार ८१७ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ५७ हजार ९२६ जना स‌ंक्रमणमुक्त भएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।