ताजा अपडेट »

सैनामैनामा सहकारीलाई स्वचालित धान काटने मेसिन हस्तान्तरण

आइतबार, २३ कार्तिक २०७७, १६ : १५
4 Shares

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सहकारीलाई धान काट्ने आधुनिक मेशिन हस्तान्तरण गरेको छ । नगरले एक कार्यक्रमका बीच सैनामैना-५ दोगहरामा रहेको जनजागरण स्वाबलम्बन सहकारी संस्थालाई स्वचालित धान काट्ने हाते मेशिन हस्तान्तरण गरेको हो ।

संयुक्त राष्ट्रसंघीयत बिकास कार्यक्रमको सहयोगमा, सेतोगुराँस बालबिकास सेवाले नगरपालिकालाई दिएको औजार सहकारीलाई दिइएको मेयर चित्रबहादुर कार्कीले बताए । सो अवसरमा बोल्दै कार्कीले अबको कृषि आधुनिक कृषि सामग्रीको प्रयोग बिना असम्भव रहेको बताए । कोभिड-१९ का कारण बेरोजगार बन्न पुगेका युवाहरुलाई कृषि मार्फत स्वरोजगार बनाउन नगरपालिका लागेको मेयर कार्कीले बताए । जग्गा लिजमा लिएर सामुहिक कृषि प्रणालि मार्फत कृषि कार्य गर्न खोज्ने युवालाइ नगरपालिकाको पुर्ण साथ सहयोग रहने मेयर कार्कीको भनाई छ ।

सेतो गुरास बालबिकास सेवा रुपन्देहीको निर्देशन सुमित्रा शर्माले सैनामैना नगरपालिकाले कृषि क्षेत्रमा राम्रो काम गरेको भन्दै संस्थागत रुपमा यस क्षेत्रमा काम गर्न सहज भएको बताइन् । औजार अनुदान प्राप्त गरेको सहकारीले अहिले आठ बिगाहा क्षेत्रफल जग्गा लिजमा लिएर कृषि कार्य गरिरहेको सहकारीका कोषाध्यक्ष तथा कृषि उपसमिति संयोजक राजेन्द्र घिमिरेले बताए । कृषि सामग्री प्राप्त गरेकोमा खुशी ब्यक्त गर्दै सहकारीका अध्यक्ष हेमराज भट्टराइले उपलब्ध सामग्रीको पूर्ण उपयोग गरिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।