ताजा अपडेट »

आर्थिक अनुसन्धान केन्द्रको अध्यक्षमा भुसाल

आइतबार, २३ कार्तिक २०७७, १३ : ३४
6 Shares

बुटवल । आर्थिक अनुसन्धान केन्द्रको अध्यक्षमा हुमराज भुसाल चयन भएका छन् । लुम्बिनी प्रदेशको विभिन्न जिल्लामा शिक्षण पेशामा संलग्न युवाहरुको भेलाले शनिबार प्रदेशको अर्थतन्त्रका विविध पक्षमा सूक्ष्म तरिकाले अध्ययन तथा अनुसन्धान गर्ने उदेश्यले आर्थिक अनुसन्धान केन्द्रको गठन गरेका हुन् ।

जसको उपाध्यक्षमा बिनोद बेलवासे, सचिव बालकृष्ण आचार्य, कोषाध्यक्ष अमृता रेग्मी, कार्य समिति सदस्यहरुमा जीवन दमाई, राजेन्द्र भुसाल, अमर डि सि, नवराज पाण्डे, यम बहादुर कार्की रहेका छन् । यसैगरी सस्थाका विविध गतिविधिमा आवश्यक सुझाव सल्लाह दिनका लागि प्रा.डा बावुराम ज्ञवाली, प्रा. डा. रामचन्द्र आाचार्य तथा गुलाब धवललाई सल्लाहकारको रुपमा रहेका छन् । भने मिडिया कोडिनेटरको जिम्मेवारी सदस्य अमर डि सि लाई दिएको छ । युवाहरुको भेलामा नव गठित सस्थाका अध्यक्ष हुमराज भुसालले सस्थाको उद्धेश्य प्रादेशिक अर्थतन्त्रका विभिन्न पक्षहरुको अध्ययन, अनुसन्धान गरी त्यसका आधारमा समृद्ध प्रदेश निर्माणका आधारका बारेमा प्राज्ञिक बहस चलाउने बताए ।

लुम्बिनी प्रदेशलाई अन्य प्रदेशको तुलनामा आर्थिक पक्षका विविध सबालहरुमा अनुसन्धानको हब बनाउने दीर्घकालीन सोचका साथ यस सस्थाको स्थापना गरिएको कुरा सस्थाका उपाध्यक्ष बिनोद बेलवासेले बताए । विशेषगरी लुम्बिनी प्रदेशमा आर्थिक पक्षका विभिन्न मुद्दाहरुमा बहस तथा अनुसन्धान गर्ने सस्थाको अभाब भईराखेकोले हामिहरुले सो अभावलाई केही हद सम्म पूरा गर्दै लैजाने उपस्थित सबैले साझा प्रतिबद्धता व्यक्त गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।