१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

जन्तीलुङ्ग भ्यू प्वाइन्ट

पाल्पा । यहाँको पर्यटकीय गन्तव्यमा आकर्षक उद्यान निर्माण भएपछि आन्तरिक पर्यटकको चहलपहल बढेको छ । तिनाउ गाउँपालिका–६, मस्याम जन्तीलुङगको डाँडामा पर्यटकलाई आकर्षण गर्ने योजनाका साथ उद्यान निर्माण गरिएको छ । 

Advertisement

गाउँपालिकाको आर्थिक वर्ष २०७६/०७७ को रु १० लाखको आर्थिक सहयोगमा आकर्षक उद्यानले आन्तरिक पर्यटकलाई लोभ्याउने गरी निर्माण गरिएको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताए । उनले आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल ल्याउन र स्थानीयबासिन्दाको आम्दानीका स्रोतमा वृद्धि गर्न दृश्यावलोकन केन्द्रसमेत निर्माण गरिएको बताउए।  दृश्यावलोकन केन्द्रबाट पाल्पाको तानसेन, रुपन्देहीको बुटबल, नवलपरासीको बर्दघाटलगायतका स्थानको दुश्यावलोकन गर्न मानिसहरु आउन थालेको अध्यक्ष घर्तीले बताए । यस क्षेत्रमा बर्सेनि आन्तरिक पर्यटकहरुको चहलपहल बढ्दो मात्रामा देखिएको छ । प्राकृतिक दृष्टिकोणले रमणीय स्थल रहेकाले पर्यटकहरु यस क्षेत्रमा टहलिन रुचाउँछन् । 

उद्यानभित्र पुग्ने सिँढी, सुरक्षाका लागि रेलिङ, फूल रोप्नका लागि क्यारी, फोटो खिच्ने स्थल लगायतका संरचना निर्माण गरिएको वडाध्यक्ष टोमबहादुर पुनले बताए । विशाल ढुङ्गाको पहाडमाथि बसेर दृश्यावलोकन गर्न थालेपछि गाउँपालिकाले दृश्यावलोकन केन्द्र निर्माणमा बजेट विनियोजन गरेको थियो । गाउँपालिकाको सहयोगमा घरबास कार्यक्रमसमेत सञ्चालन गरी पर्यटकलाई सुविधा प्रदान गरिएको छ । पन्ध्र घरमा आवासीय सुविधाका लागि शय्याका सामान सहयोग गरेपछि घरबास कार्यक्रम सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घर्तीले बताए । आन्तरिक पर्यटकहरु आइरहने तर खानबस्न व्यवस्था नहुँदा दुःख पाइरहेपछि घरबास कार्यक्रम सञ्चालन गरी पर्यटकलाई सुविधा र स्थानीयबासिन्दालाई आयआर्जन गर्ने बाटो खुलेको उनले बताए ।

प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा रिचार्ज पोखरी समेत निर्माण गरिएको छ ।  अघिल्लो आवमा रु आठ लाख लगानीमा निर्माण गरिएको पोखरीमा पर्यटक टहलिन्छन् । घरबास कार्यक्रममा प्रयोग हुने गरी सामुदायिक भवन निर्माण गरिएको छ । यसले पर्यटक आगमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ । पर्यटकलाई स्वागत तथा विदाई तथा स्थानीय संस्कृतिको प्रदर्शनी स्थलका रूपमा सामुदायिक भवन प्रयोगमा ल्याइने स्थानीयबासिन्दाको भनाइ छ ।

सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्डको डुम्रेमा प्रवेशद्वारसमेत स्थापना गरिएको छ । यसले पर्यटकलाई पर्यटकीय गन्तव्य तथा घरबास कार्यक्रम स्थलमा पुग्न सजिलै सूचना प्रदान हुनेछ । हिमाल, पहाड, तथा हिमालको सुन्दरता दृश्यावलोकन गर्न जन्तीलुङमा आन्तरिक पर्यटकको ओइरो लाग्दै आएको थियो । गर्मीको समयमा पनि शीतल हुँदा चैत्र वैशाख महिनामा तराईका जिल्लाबाट बढी पर्यटक घुमफिर गर्न रुचाउने स्थानीयबासिन्दा शेर बहादुर लम्तरी बताउँछन् । लम्तरीका अनुसार बन्दाबन्दी अवधिमा समेत तीन हजारभन्दा बढी पर्यटक यस क्षेत्रमा आएका छन् । बन्दाबन्दीका कारण यस क्षेत्रमा सञ्चालित घरबास कार्यक्रम अहिले बन्द छ।

त्यसै पनि पर्यटकलाई आवासीय सुविधा छैन । जिल्लाभित्र तानसेन, दोभानलगायतका क्षेत्रका मानिस मोटरसाइकल तथा साना गाडीमा यस क्षेत्रमा आइरहेको लम्तरीले बताए । घरबास कार्यक्रम कोरोनाका कारण बन्द हुँदा स्थानीयबासिन्दाको आम्दानी हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस्

Flash News

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती