ताजा अपडेट »

'इपान' गण्डकी प्रदेशको संयोजकमा पोखरेल

आइतबार, २३ कार्तिक २०७७, १२ : ३६
4 Shares

बुटवल । स्वतन्त्र उर्जा उत्पादकहरुको छाता संस्था (इपान) गण्डकी प्रदेशको संयोजकमा उद्यमी तथा व्यवसायी जगतबहादुर पोखरेल मनोनित भएका छन् । संस्थाका अध्यक्ष कृष्ण आचार्यको अध्यक्षतामा बसेको बैठकले पोखरेललाई प्रदेश संयोजकमा मनोनित गरेको हो ।

इपानको केन्द्रीय समेत रहेका उनी पोखरेल भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडका कार्यकारी अध्यक्ष समेत हुन् ।

प्रदेश संयोजकको जिम्मेवारी प्राप्त गरेपछि प्रतिक्रिया दिँदै उनले जलविद्युतको हव गण्डकी प्रदेशमा उर्जाको विकासका लागि आफ्नो तर्फबाट योगदान दिने बिश्वास समेत व्यक्त गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।