ताजा अपडेट »

आईपीएल : दिल्लीलाई इतिहास रच्ने अवसर

आइतबार, २३ कार्तिक २०७७, १२ : २९
8 Shares

काठमाडौँ । युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल)मा आज फाइनल प्रवेशमा लागि दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार साँझ ७:४५ बजे शेख जियाज रंगशालामा हुँदैछ ।

आजको खेलमा दिल्ली जित निकाल्दै इतिहास रच्ने दाउमा रहेको छ । आजको खेल दिल्लीले आफ्नो पक्षमा पारे आईपीएलको इतिहासमा पहिलो पटक फाइनलमा पुग्नेछ । दिल्ली हालसम्म आईपीएल इतिहासमा फाइनल पुग्‍न सकेको छैन । यता, एक पटक आईपीएलको ट्रफि उचालिसकेको हैदरावाद इलिमिनेटरमा बेंग्लोरलाई हराउँदै दिल्लीसँग फाइनल प्रवेशका लागि भेट पक्का गरेको हो । आजको खेल दुवै टोलीको लागि महत्वपूर्ण रहने भएकोले रोमाञ्चक हुने अनुमान गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।