ताजा अपडेट »

बाइडेनले भने- ‘यो एकले अर्कोलाई सुन्ने समय हो, विपक्षीलाई शत्रु ठान्न छोडौं’

आइतबार, २३ कार्तिक २०७७, ११ : २७
4 Shares

काठमाडौँ । अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले यो अब एकले अर्कोलाई सुन्ने समय भएको बताएका छन्। गृहराज्य डेलवरको विलमिङ्गटनबाट सम्बोधन गर्दै बाइडेनले रिपब्लिकन पार्टीका प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पको पक्षमा मत हाल्नेहरुलाई एकता र मेलमिलापको सन्देश पठाउँदै यस्तो बताएका हुन् ।

'यो कठोर वक्तव्यबाजी गर्ने समय होइन, अहिले तनाव कम गर्ने र एकले अर्कोलाई सुन्ने समय हो । आफ्ना विपक्षीलाई शत्रुका रुपमा व्यवहार नगर्न आग्रह गर्दछु', उनले भनेका छन्, 'हामीले हाम्रो विपक्षीलाई शत्रुको रुपमा व्यवहार गर्न रोकौं। उनीहरु हाम्रा शत्रु हैनन्। सबै अमेरिकी हुन्।' आफूलाई भरोसा गरेर राष्ट्रपतिमा चुनेकोमा उनले मतदाताप्रति आभार र खुसी व्यक्त गरे । आफूले विभाजन नभई एकताको लागि काम गर्ने उनले बताए । बाइडेनले भने, ‘म यस्तो राष्ट्रपति बन्ने बाचा गर्दछु जसले फुटाउने होइन, जोड्ने काम गर्ने छ, मैले सबैको भरोसा जित्ने कोसिस गर्ने छु ।’

उनले आफूलाई भोट नदिनेहरुका लागि पनि उत्तिकै मेहनतका साथ काम गर्ने प्रतिबद्धता जनाए ।अमेरिकालाई विश्वमै सम्मानीय बनाउने उल्लेख गर्दै उनले यो उपचारको समय भएको उनले बताए। कोभिड-१९ संक्रमण अमेरिकामा तीव्र रुपमा फैलिएको छ। झन्डै एक करोडलाई संक्रमण हुँदा दुई लाख ३७ हजार बढी जनाको ज्यान गइसकेको छ। यस्तो बेलामा अब सबै उपचारमा खटिनुपर्ने उनको भनाई थियो। सम्बोधनका क्रममा उनले आफ्ना छोराको अन्तिम संस्कारमा बजाएको गीत बजाउन लगाएका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।