१० मंसिर २०७९, शनिबार

Nov 26, 2022

महोत्तरी । बर्दिवास नगरपालिका–२ स्थित बर्दिवास अस्पताललाई थप पिसीआर मेसिन प्राप्त भएको छ । शनिबार साँझ एक समारोहबीच रोटरी क्लब बर्दिवासले अस्पताललाई एक थान पिसीआर मेसिन प्रदान गरेको हो । बर्दिबास अस्पतालमा बर्दिवास नगरपालिकाले यसअघि नै पिसीआर मेसिन जडान र जनशक्ति व्यवस्थापन गरेर पिसीआर परीक्षण गर्दै आएको थियो ।

Advertisement

श्निबार साँझ रोटरी इन्टरनेशनलबाट रोटरी क्लब बर्दिवासलाई प्राप्त स्वास्थ्य उपकरणहरु पिसीआर मेसिन एक थान, ल्यापटप एक थान र युपिएस एक थानसहितका सामग्री अस्पताललाई प्रदान गरिएको हो । रोटरी क्लब ३२९२ जिल्ला शाखा (नेपाल शाखा) का पूर्वसचिव राजेन्द्र दाहाल र रोटरी क्लब बर्दिवासका अध्यक्ष हीरालाल गौतमसहितका पदाधिकारीले बर्दिवास अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका नगरप्रमुख विदुरकुमार कार्कीलाई हस्तान्तरण गरेका थिए ।

बर्दिवास अस्पतालले यसअघि गत भदौ १२ गतेदेखि नै नगरपालिकाले जडान गराएको पिसीआर मेसिनबाट सर्वसाधारणको कोभिड–१९ परीक्षण गर्दै आएको छ । थप मेसिन प्राप्त भएपछि कोभिड–१९ सङ्क्रमण भए/नभएको यकिन गर्न स्वाब परीक्षण गर्ने काम अझ सघन गर्न सकिने नगरप्रमुख कार्कीले बताए । शिक्षा, स्वास्थ्य, शान्तिका लागि काम गरिरहेको रोटरी क्लब बर्दिवासले कोभिड–१९ नियन्त्रणका लागि स्वाब परीक्षणको दायरा फराकिलो बनाउन पिसीआर मेसिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमको भनाइ छ ।

कोरोना भाइरसको जारी महामारीबीच स्वाब परीक्षण र यसपछि अन्य रोगबारे जाँच गर्न सकिने बहुउपयोगी पिसीआर मेसिन बर्दिवास अस्पताललाई प्रदान गरिएको रोटरी इन्टनेशनलअन्तर्गत (३२९२, नेपाल शाखा) का पूर्वसचिव दाहालले हस्तान्तरण समारोहमा बताए । यो बहुउपयोगी मेसिन मुलुकभरिका अन्य आठ अस्पताललाई प्रदान गर्न झिकाइँदा एक अस्पताललाई रु १५ लाखमा उपलब्ध गर्न सकिएको दाहालको भनाइ थियो ।

हस्तान्तरण समारोहमा रोटरी क्लब इन्टरनेशनल नेपाल शाखा (३२९२) का अन्य पदाधिकारी र प्रदेशसभा सदस्य शारदादेवी थापासहितका व्यक्तित्वको सहभागिता थियो । कार्यक्रम रोटरी क्लब बर्दिवासका अध्यक्ष गौतमको अध्यक्षतामा सम्पन्न भएको हो । बर्दिवास अस्पतालमा महोत्तरी, धनुषा, सर्लाही, रौतहट, सिरहा, उदयपुर, सिन्धुलीसहितका जिल्लाका सर्वसाधारणले स्वाब परीक्षणको सेवा लिँदै आएका अस्पतालले जनाएको छ । हालसम्म दुई हजारभन्दा बढीले अस्पतालमा स्वाब परीक्षण गराएका बर्दिवास नगर कोभिड–१९ सङ्क्रमण नियन्त्रण अभियानका सहसंयोजक तथा अस्पतालका जनस्वास्थ्य निरीक्षक रामबाबु यादवले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

Flash News

पराजित उम्मेदवारको घरमा ढुंगामुढा र कुटपिट, दोषीमाथि कारवाहीको माग गर्दै सडक अवरुद्ध  रुपन्देही-३ मा गृहमन्त्री खाँणलाई पराजित गर्दै राप्रपाका बोहोरा विजयी माओवादी लुम्बिनी प्रदेश अध्यक्ष बरालले दिए राजीनामा कान्ति माध्यमिक विद्यालयमा स्वागत कार्यक्रम तिलोत्तमामा मंसिर १५ देखि औद्योगिक व्यापार मेला, २५ करोड बढी आर्थिक कारोबरको लक्ष्य रवि लामिछानेको चुनावी खर्च ११ लाख ८१ हजार गण्डकीमा सांसदः १५ जना ५० वर्ष मुनिका, ८ जनाले ६० नाघे पाका चिन्तामणी बाको जीत द्वन्द्वकालको पीडामा न्याय भानुभक्त ढकाललाई हराए सुनिल शर्माले, रेखा थापा तेस्रो पाँच वर्ष अघि ३६ सिट जितेको माओवादी १८ सिटमा सीमित, सुदूरपश्चिममा निल कांग्रेस नेता अजुर्ननरसिंह केसी नुवाकोटबाट निर्वाचित आवासीय भवनमा आगलागी, १० जनाको मृत्यु रुपन्देही-३ मा ८४ हजार ७४ मत गणना, दिपक बोहोराको अग्रता कायमै तराईमा हुस्सु लाग्न थाल्यो, सावधानी अपनाउन अनुरोध एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही-२ बाट निर्वाचित रुपन्देही-२ मा विष्णु पौडेलको अग्रता कायमै, ३ हजार ९१६ मत गन्न बाँकी जन्ती बोकेको जिप दुर्घटना आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ रुपन्देही-२ मा विहानदेखि अवरुद्ध मतगणना सुरू आगामि सरकारका आर्थिक चुनौती