ताजा अपडेट »

जो वाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित

शनिबार, २२ कार्तिक २०७७, २३ : ०४
8 Shares

 बुटवल । जो वाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने भएका छन् । संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डेमोक्र्याटिक पार्टीका जो वाइडेन निर्वाचित भएका हुन्। मंगलबार भएको निर्वाचन मतपरिणाम आउँदै गर्दा नेपाली समय अनुसार शनिबार राति उनले राष्ट्रपति निर्वाचित हुन आवश्यक सिट जितेका सञ्चार माध्यमले जनाएका छन्। 

अमेरिकाको राष्ट्रपति चुनिन ५१ राज्यबाट २७० इलेक्टोरल कलेज (सिट) जित्नुपर्छ। वाइडेनले कुल २७३ सिट निश्चित गरेर जित हासिल गरेका हुन् । उनका प्रतिद्वन्दी रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले केही राज्यमा पुनः मतगणनाको माग गर्न माग गर्दै अदालती प्रक्रिया सुरु गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।