२२ मंसिर २०७९, बिहीबार

Dec 8, 2022

काठमाण्डौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सङ्क्रमितको निगरानी गर्न प्रत्येक टोलमा ‘सहयोग समूह’ गठन गर्ने भएको छ । पचास घर बराबर सहयोग समूह गठन गर्ने उनले बताए । ती समूहका ५ देखि ७ जना  रहने छन् । कोभिड–१९ फोकल पर्सन महेन्द्रप्रसाद श्रेष्ठले उक्त समूहले आफ्नो टोलमा रहेका सङ्क्रमित र परिवारको निगरानी गर्ने तथा ट्रेसिङमा परेका व्यक्तिको निगरानी गर्ने छन् ।

Advertisement

 “अहिले सङ्क्रमित, ट्रेसिङमा परेका व्यक्ति बाहिर हिडडुल गर्ने गरेको पाइएको छ” उनले भने, “ अव उक्त समूहले नै ति व्यक्तिको निगरानी गर्ने छन । सङ्क्रमित,   ट्रेसिङ र स्वाब दिएका व्यक्तिलाई केही समस्या परे उक्त समूहले नै हामीसँग मिलेर सहयोग गर्ने छ ।” समूहले कोभिड–१९ संग सम्बन्धि व्यक्तिलाई अस्पताल पुर्याउने र सङ्क्रमितलाई घर बस्न, ट्रेसिङमा परेका र स्बाव दिएकालाई घरबाहिर निस्कन दिने छैनन् । 

मन्त्रालयले अहिलेसम्म सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्नका लागि काठमाडौ जिल्लाका छ नगरपालिका दक्षिणकाली, चन्द्रागिरी, टोखा, बुढानीलकण्ठ, गोर्कणेश्वर, किर्तिपुरका स्थानीय तहका जनप्रतिनिधिसँग अन्तरक्रिया समेत गरिरहेको छ । कोभिड–१९ फोकल पर्सन श्रेष्ठले ती छ वटा नगरपालिकाले चाडै नै   ट्रेसिङ र समूह गठन गर्ने कार्यलाई अगाडि बढाउने बताए ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेले उपत्यकामा धेरै नै सङ्क्रमित रहेकोले टे«सिङ गरेर पिसिआर परीक्षणलाई बढाइने बताए । “पहिले लक्षित समूह र लक्षण भएका व्यक्तिको मात्र कन्याक्ट ट्रेसिङ गर्ने भनेर बीचमा धेरैको भएको थिएन” उनले भने, “तर अव फेरि हामीले ठूलो मात्रामा कन्याक्ट ट्रेसिङ गर्ने तयारीमा रहेका छौ ।” उनले कन्याक्ट ट्रेसिङमा परेकामध्ये पिसिआर परीक्षणका लागि शुल्क तिर्न सक्नेले शुल्क तिर्ने र नसक्नेको पिसिआर परीक्षण निःशुल्क गरिने बताए ।

महाशाखाले कोभिड १९ संक्रमितसंग नजिक रहेको कममा तीन जनाको  कन्टयाक्ट ट्रेसिङ गर्दै आइरहेको छ । कोभिड १९ को सङ्क्रमण फैलिन नदिई रोकथाम र नियन्त्रण गर्नकालागि सङ्क्रमित भएका व्यक्तिका नजिक रहेका तीन जनादेखि ११० जनासम्ममा  ट्रेसिङ गरिएको छ ।  सङ्क्रमित व्यक्तिलाई प्रत्यक्ष भेटेर तथा फोनबाट नजिक रहेका व्यक्तिलाई  ट्रेसिङ गर्ने गरिन्छ ।

प्रतिकृया दिनुहोस्

Flash News

‘लैंगिक हिंसा न्यूनिकरणमा जिम्मेवार बन्दै सबै पक्ष संवेदनशिल बनौं’ कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव : विभिन्न खेलकूद गतिविधिसहित रक्तदान असारमा ५ अर्ब सकेको लुम्बिनी सरकारले ४ महिनामा ४ अर्ब पनि बजेट खर्च गर्न सकेन् बुटवलको प्रदर्शनीलाई प्रविधि र दर्शक मैत्री बनाउने प्रतिवद्धता अन्तरविद्यालय क्रिकेटः सेमिफाइनल समीकरण पूरा बजारमा नक्कली मल, ‘ग्रीन च्यानलमा’ राखेर पास गर्दै भैरहवा भन्सार भैरहवाको मेडिकल कलेजले उपचारमा लापरबाही गरेको आरोप, पीडितले गरे क्षतिपूर्ति माग एनसेलले माग्यो माफी, सडक विस्तारका क्रममा फाइबर काटिएकाे भनाइ विदेशी सामानकाे आयात खुले पनि अटो व्यवसायमा कर्जा सीमा नहटेको भन्दै व्यवसायीको विरोध ज्यास्मिन ओझाले दिइन् महिला आयोगमा ज्यान सुरक्षाको निवेदन स्ववियु निर्वाचनको तयारीमा त्रिवि सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु, ११ घाइते बागमती प्रदेशसभामा प्रत्यक्षतर्फ ५ महिला विजयी, कूल ६६ मध्ये ६१ सिटमा पुरुष गण्डकी प्रदेशसभामा प्रत्यक्षतर्फ पुरुष सांसदकै बाहुल्यता, महिला न्यून कञ्चनपुरमा जंगली हात्तीको आतंक, अन्नबाली जोगाउन मुस्किल एमालेकाे सचिवालय बैठक शुक्रबार बस्ने आलै छ कोरोनाले बनाएको घाउ कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण छ : प्रधानमन्त्री देउवा समानुपातिक सांसद चयनमा रास्वपाभित्र असन्तुष्टि कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक