ताजा अपडेट »

रेसुङ्गामा पौवा,विभिन्न शाखाका परिकार चखाउँदै

शनिबार, २२ कार्तिक २०७७, २१ : ५३
4 Shares

गुल्मी । प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गुल्मीको रेसुङ्गामा होटल पौवाको नयाँ शाखा सुरु भएको छ । शुभारम्भको अवसरमा होटलले आमन्त्रितहरुलाई पौवाका शाखा रहेका विभिन्न जिल्लाका स्थानीय परिकारको स्वाद पस्कँदै छ । सेवा सञ्चालनसँगै ३ दिन विशेष कार्यक्रम गर्दै रेसुङ्गामा सञ्चालित रिसोर्टमा आमन्त्रित गरिएका पाहुनाहरुलाई शाखा रहेका जिल्लाका परम्परागत खाना चखाउने कार्यक्रम राखिएको होटल पौवाका प्रबन्ध निर्देशक विष्णुप्रसाद ज्ञवालीले बताए ।

उनले भने ‘विशेष कार्यक्रम अन्तर्गत आमन्त्रितहरुलाई जुम्लाको गेडागुडीको सुप, दाङको थारु समुदायको ढिक्रि र माछाको अचार, रुपन्देही(कपिलवस्तुको प्रतिनिधित्व हुने गरी बौद्ध दर्शन अनुसारको सुजाता खिर, पाल्पाको चुकौनी तथा गुल्मीको बोकाको सुपको स्वाद चखाइरहेका छौं ।’

पौवाले कर्णाली प्रदेशको जुम्लासहित लुम्बिनी प्रदेशको लमही, भालुवाङ, गोरुसिङ्गे, बुटवल, भैरहवा र पाल्पाबाट सेवा दिँदै आएको छ । सेवा शुभारम्भको पहिलो दिन रेसुङ्गा नगरपालिकाका नगरप्रमुख डिल्लीराज भुषाल सहित कार्यपालिकाका पदाधिकारी, गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा, गुल्मी प्रहरी प्रमुख प्रबिण कुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।