ताजा अपडेट »

अर्घाखाँचीमा वडा सदस्यसहित ४६ जना कांग्रेसमा प्रवेश

शनिबार, २२ कार्तिक २०७७, १७ : ४८
4 Shares

सन्धिखर्क । अर्घाखाँचीको मालारानी गाउँपालिका- ३ खनदहमा नेकपाबाट निर्वाचित वडा सदस्य सहित ४६ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

तत्कालिन एमालेबाट निर्वाचित वडा सदस्य सुमित्रा बिक सहितका ४६ जना आज एक कार्यक्रमकाबीच कांग्रेसमा प्रबेस गरेका हुन् ।

उनीहरुलाई नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु मुस्कान, मालारानी संयोजक तथा वडा नम्वर ३ का वडा अध्यक्ष शोभाखर खनाल लगायतले पाटी सदस्यता प्रदान गरेर कांग्रेसमा प्रवेश गराएका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।