ताजा अपडेट »

प्रतिमा बस्नेत स्मृति सहयोगी संस्थाद्वारा रक्तदान

शनिबार, २२ कार्तिक २०७७, १७ : १२
8 Shares

बुटवल । सडक दुर्घटनामा ज्यान गुमाएकी स्व. प्रतिमा बस्नेतको सम्झनामा रक्तदान जिवनदान भन्ने मुल नाराका साथ बुटवलमा रक्तदान भएको छ । विश्व व्यापीरुपमा फैलिएको कोभिड–१९ को महामारी बीच रगत अभावले कसैले अकालमा ज्यान गुमाउन नरोस भन्ने हेतुले रक्तदान कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले जानकारी गराए ।

सडक दुर्घटनामा परि रगतको अभावमा कसैले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यका साथ हरेक वर्ष रक्तदान कार्यक्रम संचालन गर्दै आएको प्रतिमा बस्नेत स्मृति सहयोगी संस्थाले यस वर्ष पनि कार्यक्रमलाई निरन्तरता दिएको हो । नवौं प्रतिमा जयन्ती तथा संस्थाको आठौं साधारण सभाका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कोरोना कहरका समयमा पनि २३ जनाले रक्तदान गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।