ताजा अपडेट »

बुटवलका छाडा चौपाया व्यवस्थापन गर्न शिवनगर वनमा कान्जी हाउस

शनिबार, २२ कार्तिक २०७७, १६ : ३९
4 Shares

बुटवल । बुटवल उपमहानगरमा रहेका छाडा चौपायाहरुलाई शिवनगर सामुदायिक वनमा व्यवस्थापन गरिने भएको छ । छाडा चौपायाका कारण हुन सक्ने सम्भावित दुर्घटना तथा स्मार्ट सिटि निर्माणका लागि वडा नम्बर ७ को शिवनगर सामुदायिक वनमा व्यवस्थापन गर्नेगरी सहमती भएको हो ।

बुटवल बजारमा अस्तव्यस्त रहेको छाडा चौपाया व्यवस्थापन गर्नको लािग सामुदायिक वनले जग्गा उपलब्ध गराउने र बुटवल उप-महानगरपालिकाले त्यसको व्यवस्थान गर्ने गरि शनिबार बुटवल नगरपालिका र वनको तर्फबाट सहमति पत्रमा हस्ताक्षर समेत भएको छ । शिवनगर सामुदायिक वन क्षेत्रको करिव ४/५ कट्ठा जग्गामा कान्जी हाउस जस्तो बनाउने र आवश्यक व्यबस्थान नगरपालिकाले गर्ने तथा त्यसको रेखदेख सामुदायिक वन व्यवस्थापन समितिले गर्ने सहमति भएको हो ।

नगरपालिकाको तर्फबाट नगरप्रमुख शिवराज सुवेदी र सामुदायिक वनको तर्फबाट शिवनगर सामुदायिक वनका अध्यक्ष नारायणबहादुर घिमिरेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।