ताजा अपडेट »

वाइडेन राष्ट्रपति निश्चित प्रायः, जनताका नाममा सम्वोधन

शनिबार, २२ कार्तिक २०७७, १२ : ३०
8 Shares

अमेरिका । जो वाइडेन अमेरिकाको राष्ट्रपति हुनुहुने निश्चित प्रायः भएको छ । मत गणनाको परिणाम आउन बाँकी छ वटा राज्यमध्ये चारवटा राज्यमा उनले स्पष्ट वहुमतका साथ अग्रता हासिल गरेकोले राष्ट्रपति निर्वाचित हुँदै छन् । राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल मतमध्ये यस अघि नै २६४ प्राप्त गरेका वाइडेनले नेपाली समय अहिले विहानसम्म जर्जिया, पेन्सिलभेनिया, एरिजोना र नेभाडामा राष्ट्रपति ट्रम्पभन्दा क्रमशः चार हजार २० मत, २१ हजार ७४९ मत, २९ हजार ८६१ र २२ हजार ६५७ मतले अग्रता लिएका छन् ।

यी चारवटै राज्यको मत गणना लगभग अन्तिममा पुगेको छ । यी चारवटा राज्यको कुल इलेक्टोरल मत ५३ रहेको छ । यी चार वाहेक दुईवटा राज्य नर्थ क्यारोलिना र हवाइमा पनि मत गणना सकिएको छैन । यी दुवै राज्यमा राष्ट्रपतिट्रम्पले अत्यधिक मतले अग्रता हासिल गरेका छन्। यी दुइ राज्य इलेक्टोरल मतले ट्रम्पको भाग्य निर्धारण गर्ने हैसियत राख्दैन । यी दुई राज्यको इलेक्टोरल मत १८ छ ।

वाइडेनको सम्वोधन
यसैबीच नेपाली समय आज विहान जो वाइडेनले अमेरिकी जनतालाई सम्वोधन गरेका छन् । सम्वोधनका क्रममा उनले विभाजित अमेरिकी राजनीतिलाई एक ठाउँमा ल्याउन आफूले भूमिका खेल्ने बताउँदै कोभिड, अर्थतन्त्र, जलवायु परिवर्तन र आप्रवासीको समस्यालाई प्राथमिकतामा राखेर पहिलो दिनदेखि नै कडा परिश्रमका साथ काम गर्ने वचनवद्धता व्यक्त गरे । व्याटल फर दि सोल अफ नेशन नारा लिएर उम्मेदवार हुनुभएका वाइडेनले प्रत्येक मतदाताको मतको कदर र जनताको आवाज सुनिनेछ भन्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।