ताजा अपडेट »

अख्तियारले तान्यो प्रधानमन्त्री कृषि आयोजनाको फाइल

मंगलबार, ०१ माघ २०७५, १५ : ४०
20 Shares

माघ १,

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतमा नेपाल सरकारको बजेटमा सञ्चालनमा ल्याईएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका फाइलहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तानेको छ ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सुपर जोन, जोन, पकेट क्षेत्र र व्लक चार क्लष्टर तयार गरि कृषि उत्पादकत्व बृद्धि गर्ने गरी स्वेदशी लगानीमा नै कृषि उत्पादन बृद्धि गर्न सकिन्छ भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिरहेको छ ।


तर जुन सोचले प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना सञ्चालन भएको थियो सो अनुरुप काम गर्न नसकि उच्च कर्मचारीहरु कमिशन मोहमा फस्दै गएका कारण आयोजनाको केन्द्रिय कार्यालय खुमलटारबाट अख्तियार टोलीले फाइल लगेको हो । २०७३/७४ र २०७४/७५ गरी दुई आर्थिक वर्षमा आयोजनाले सम्झौता गरेको फाइलहरु अख्तियारले लगेको हो । आयोजनाले अनुदानमा किसानहरुका लागि विभिन्न योजनाहरु सुपर जोन, जोन मार्फत सम्झौता गर्दैै आईहरको भएपनि ठूला खरिद लगायतका कार्यक्रम केन्द्रिय कार्यालयले नै गर्दै आएको थियो ।जसमा ठूलो आर्थिक चलखे भएको भन्दै पटक पटक आयोजनाका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेका उजुरीको चाङ्ग नै देखिन्छ । विगतका आर्थिक वर्षमा हाते ट्रयाक्टर देखि भण्डारण गृह निर्माणमा समेत कमिशनमुखि कार्यक्रम आयोजनाले गर्दै आईरहेको थियो ।


प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नेपाल सरकारकै बजेटबाट सञ्चालन हुँदै आएको भएपनि विगतमा सञ्चालनमा रहेको व्यवसायिक कृषि तथा व्यापार आयोजना कै तुलना गर्न थालिएको छ । जसरी प्याक्ट आयोजनाको लगानी बालुवामा पानी भएको थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको पनि उस्तै हालत देखिएको छ ।अहिले प्रधानमन्त्री कृषि आधुनिकीरण आयोजना भित्रको कमिशन र कार्यक्रम वितरणले यो कार्यक्रम पूर्ण रुपमा असफल परियोजना लम्कँदै छ । -http://krishionline.com

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।