ताजा अपडेट »

श्रीमती जलाउने श्रीमान पक्राऊ

शुक्रबार, २१ कार्तिक २०७७, २१ : ०४
8 Shares

धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका पति २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ । घरमा बसीरहेकी श्रीमतीलाई तेल तताएर शरीरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छिन् ।तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ ।

घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारीले बताए ।घाइतेको किर्तिपुरस्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ । घटना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।