ताजा अपडेट »

दाङमा कोरोना संक्रमित सुत्केरीको मृत्यु

शुक्रबार, २१ कार्तिक २०७७, १९ : ३४
6 Shares

तुलसीपुर । कोरोना संक्रमणबाट तुलसीपुरमा एक सुत्केरीको मृत्यु भएको छ । दाङको तुलसीपुर उपमहानगरपालिका १० निबासी २० वर्षीया सुत्केरीको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज (शुक्रबार) दिउँसो मृत्यु भएको हो ।

मृतकलाई प्रसुती सेवाका लागि कार्तिक १६ गते अस्पतालमा भर्ना गरिएको थियो । १८ गते डेलिभरि भएपनि उनको स्वास्थ्यमा समस्या आएपछि कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पोजेटिभ देखिए लगत्तै आइसोलेशन वार्डमा राखेर उपचार गर्दासमेत उनको मृत्यु भएको जिल्ला कोभि-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।