ताजा अपडेट »

प्रचण्डले धुम्बाराहीमा बोलाए सचिवालय सदस्यलाई

शुक्रबार, २१ कार्तिक २०७७, १२ : २८
4 Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्यहरूलाई पार्टी केन्द्रीय कार्यालय धुम्बाराही बोलाएका छन् ।

शुक्रवार अपराह्न १२ बजे बस्ने अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीसँग भएको आफ्नो कुराकानीबारे प्रचण्डले ब्रिफिङ गर्ने तयारी रहेको स्रोतको दावी छ ।

बिहीबार मात्रै दुई अध्यक्षबीच झण्डै ३ घण्टा भेटवार्ता भएको थियो । तर, उक्त भेटवार्ता निष्कर्षविहिन रह्यो । प्रचण्डले बैठक बोलाएर सबै समस्याको छलफल त्यहीँ गर्न अडान राखेका थिए । तर, अर्का अध्यक्ष ओली भने बैठक अघि दुई अध्यक्षबीच समझदारी भएपछि मात्रै बैठक बोलाउने अडानमा छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।