ताजा अपडेट »

बढ्यो सुनचाँदीको मूल्य

शुक्रबार, २१ कार्तिक २०७७, १२ : ०८
4 Shares

बुटवल । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोलामा ९ सय रुपैयाँले बढेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९६ हजार ७ सय रुपैयाँ रहेको छ ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोलामा ५० रुपैयाँले बढेर एक हजार २ सय ५५ रुपैयाँ कारोबार भैरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।