ताजा अपडेट »

आईपिएल : हार पछि के भने दिल्लीका कप्तान श्रेयस ऐयर ?

शुक्रबार, २१ कार्तिक २०७७, ११ : २६
8 Shares

काठमाडौं । आईपीएलको फाइनलमा हालसम्म स्थान बनाउन नसकेको दिल्ली क्यापिटल्स सामु बिहिबार मुम्बई इन्डीएन्सलाई पराजित गर्दै इतिहास रच्ने मौका थियो। तर मुम्बईले दिएको २०१ रनको लक्ष्य पछ्याउने क्रममा ५७ रनको हार बेहोर्दा दिल्लीको प्रतिक्षा लम्बिएको छ। मुम्बई छैठौं पटक लिगको फाइनल प्रवेश गर्दा दिल्लीले भने प्रवेशको लागि दोश्रो क्वालीफायरमा जित दर्ता गर्नुपर्नेछ।

लक्ष्य पछ्याउने क्रममा खाता नखोल्दै ३ विकेट गुमाएपछि दिल्ली खेलमा फर्कन सकेन र सहजै खेल गुमाउन पुग्यो। हारपछि दिल्ली कप्तान श्रेयस ऐयरले ठुलो खेलमा बलियो मानसिकताका साथ खेलाडीले खेल्नुपर्ने बताए –

“म टिम बारे नकारात्मक रुपमा बोल्न चाहन्न तर अघि बढ्नको लागि हामि बलियो मानसिकताको साथ आउनु पर्छ। ढिला भएको छैन र हामि बलियो पुनरागमन गर्नेछौँ।”

“मलाई लाग्छ हामि थोरै अन्तरालमा २ विकेट लिएपछि राम्रो अवस्थामा थियौं, उनीहरु १०२/४ को अवस्थामा थिए। त्यो बेला हामीले २ विकेट अझ लिन सकेको भए हामीले १७० वरिपरीको लक्ष्य पछ्याएका हुने थियौं। तर यो खेलको हिस्साको कुरा हो। सबै रात तपाईको हुँदैन।”

राम्रो सुरुवात पछि ७८/१ को अवस्थाबाट १०१/४ को अवस्थामा मुम्बई रहेको बेला खेलमा हावी हुने अवसर रहेता पनि त्यसपछि इशान किशन र हार्दिक पान्ड्याले आक्रामक ब्याटिंग गर्दै मुम्बईको योगफल २०० पुर्याएका थिए।

ऐयरले जैव सुरक्षित घेरामा बसेर खेल्नु चुनौतीपूर्ण भएको बताए – “हामिले पाएको अवसरको बारे धेरै चर्चा गर्छौं र मानसिक रुपमा राम्रो हुनु आवस्यक छ। घेरामा बसेर एउटै समय तालिका पछ्याउनु सहज कुरा हैन। तर हामीले बिगत केहि दिनमा गरेको तयारीले म खुसि छु।”

खेलमा ३ विकेट लिंदै उत्कृस्ट बलिंग गरेका रभीचन्द्रन आश्विनको प्रदर्शन टिमको लागि सकरात्मक भएको ऐयरले बताए –

“आश्विन आज हाम्रो लागि सकारात्मक पक्ष हो। उनि ब्याट्सम्यानको दिमागसंग खेल्ने गर्छन्। उनि टिममा हुनु राम्रो कुरा हो जो टिमको महत्वपूर्ण गहना हुन्। अझ विशेष गरि कप्तानको रुपमा।” ड्यानियल स्याम्स, कागीगीसो रबाडा र एनरिक नोर्किया जस्ता बलरहरु असफल हुँदा आश्विनले राम्रो बलिंग गरेका थिए।

मुम्बईका सबै ब्याट्सम्यानहरु लयमा रहंदा बलिंग टिमको रुपमा मुस्किल भएको ऐयरले बताए –

“उनीहरुका सबै ब्याट्सम्यानहरु लयमा छन् जुन गजबको कुरा हो। जब सबै ब्याट्सम्यानहरु लयमा हुन्छन् तपाईको नियन्त्रणमा परिस्थिति हुँदैन। तर हामि अर्को खेलमा राम्रो गर्ने सोचीरहेका छौँ।” मुम्बईको ब्याटिंगमा कप्तान रोहित शर्मा र काइरन पोलार्ड खाता नखोली आउट भएता पनि क्विन्टन डीकक, सुर्यकुमार यादव, इशान किशन र हार्दिक पान्ड्याले उत्कृस्ट ब्याटिंग गर्दै टिमलाई विशाल योगफलतर्फ डोर्याएका थिए।

जितपछि मुम्बई कप्तान रोहित शर्माले आफ्नो टिमले उत्कृस्ट प्रदर्शन गरेको प्रतिक्रिया दिए – “मलाई लाग्छ यो उत्कृस्ट प्रदर्शन हो। जसरि म छिट्टै आउट भएपछि डीकक र सुर्यकुमार यादवले लय प्राप्त गरे, त्यो देख्दा राम्रो थियो।”

“हामि पावरप्लेमा राम्रो गर्न चाहन्थ्यौ। हामीलाई थाहा छ कि अन्तिममा हामिसंग रन बढाउन ब्याट्सम्यान छन्। इशान किशन राम्रो लयमा थिए त्यसैले दोश्रो टाईम-आउट पछि उनि सकारात्मक रहून् भन्ने चाहन्थ्यौ। हामीले क्रुनाललाई पनि त्यही भनेका थियौं कि सकारात्मक रहनु र बलरलाई दबाबमा राख्नु।” रोहितले बताए।

लिग इतिहासमा मुम्बई फाइनल पुगेको यो छैठौं पटक हो। यस अघि २०१०, २०१३, २०१५, १०१७ र २०१९ मा मुम्बई फाइनल पुगेको थियो जस मध्ये २०१३, १५, १७ र १९ गरि ४ पटक उपाधि जित्न सफल रहेको थियो।

हारपछि पनि दिल्लीले फाइनल पुग्नको लागि दोश्रो अवसर पाउनेछ। शुक्रबार हुने हैदरावाद र बैंगलोर बीचको इलिमीनेटरको विजेतासंग आइतबार दिल्लीले दोश्रो क्वालीफायरमा फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ। गत सिजन दिल्ली दोश्रो क्वालीफायरमा चेन्नाईसंग पराजित भएको थियो। -विकेट नेपालबाट

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।