ताजा अपडेट »

कावासोती नगरपालिका एक हप्ताका लागि बन्द !

शुक्रबार, २१ कार्तिक २०७७, ११ : १०
4 Shares

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका लागि बन्द गरिएको छ । कर्मचारीमा कोभिड–१९ को संक्रमण पुष्टि भएपछि कात्तिक २६ गतेसम्म नगरपालिका बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत यज्ञ पुरीले जानकारी दिए।

उनले अनुसार नगरपालिका बन्द रहने भए पनि अत्यावश्यकीय सेवा प्रवाह भने नरोकिने बताए । नगरपालिकाका कार्यरत कुन तहका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको भन्नेबारे भने नगरपालिकाले खुलाएका छैन ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।