ताजा अपडेट »

कोरोनाबाट गौरीगंगा नगरपालिकाका वडाध्यक्षको मृत्यु

शुक्रबार, २१ कार्तिक २०७७, १० : ४१
10 Shares

धनगढी। कैलालीमा कोरोना संक्रमणबाट जनप्रतिनिधिको मृत्यु भएको छ ।

सेती प्रादेशिक अस्पतालको कोरोना अस्थायी अस्पतालमा उपचाररत गौरीगंगा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष नरेन्द्रबहादुर शाहको आज बिहान मृत्यु भएको हो ।

कैलालीको गौरीगंगा नगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता समेत थिए ।।

६३ वर्षीय शाहको शुक्रबार विहान ६ बजेर २५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पताल जनाएको छ ।

शाह विगत १० दिनदेखि सेती प्रादेशिक अस्पतालको कोरोना अस्पतालमा उपचार गराइरहेका थिए । शाह नेकपाको गौरीगंगा नगर कमिटीको सचिवालय सदस्य पनि थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।