ताजा अपडेट »

हास्य कलाकार गजुरेलको स्वास्थ्यमा गम्भीर समस्या, आइसियूमा भर्ना

शुक्रबार, २१ कार्तिक २०७७, १० : २३
2 Shares

बुटवल । स्ट्यान्डअप कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा गम्भीर समस्या देखिएपछि आइसियूमा राखेर उपचार भइरहेको छ । गत कात्तिक १० गते सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएका कलाकार मनोज गजुरेललाई बुधबार बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पताल भर्ना गरिएको थियो । थप उपचारका लागि उनलाई हिजो आईसियूमा सारिएको उनको पारिवारीक स्रोतले जनाएको छ ।

आफूलाई कोरोना भाइरसको संक्रमण भएको फेसबुकबाट सार्वजनिक गरेका गजुरेलले आफ्ना दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफू संक्रमित भएको शंका व्यक्त गरेका थिए । उनलाई लक्षणसहितको कोरोना पुष्टि भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।