ताजा अपडेट »

टिप्पर भिरबाट खस्दा दुई जनाको को मृत्यु

विहीबार, २० कार्तिक २०७७, २१ : २३
6 Shares

नवलपरासी ।  (बर्दघाट–सुस्तापूर्व) नवलपुरको विनयीत्रिवेणी गाउँपालिका–३ मा टिप्पर भिरबाट खस्दा आज दुई जनाको मृत्यु भएको छ । विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको  टिप्पर दुर्घटनामा परेको हो । 

भिरबाट करिब तीन सय मिटर तल टिप्पर खस्दा चालक बारा सिमरा बस्ने ४२ वर्षीय रामहरी थापा र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवपुरका सूचना अधिकारी बिशाल तामाङले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।