ताजा अपडेट »

रुपन्देहीको सैनामैना नगरपालिकाका सबै सेवा बन्द !

विहीबार, २० कार्तिक २०७७, १७ : ५२
8 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाले आफ्ना सम्पूर्ण सेवाहरु बन्द गरेको छ । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु कोरोना संक्रमणको कन्ट्याक्ट ट्रेसिङमा परेपछि नगरपालिकाबाट प्रदान हुने सम्पूर्ण सेवाहरु ३ दिनको लागि बन्द गरिएको हो ।

बिहीबार एक सूचना जारी गर्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालले कार्तिक २१ गते शुक्रबार देखि २४ गते सम्म सेवा बन्द गरिएको जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।