ताजा अपडेट »

हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

विहीबार, २० कार्तिक २०७७, १७ : ०२
20 Shares

भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले नगरपालिकाले सम्पदा संरक्षणलाई उच्च प्राथमिकता दिदै शंखधर साख्वाःको पहिचानलाई सधै जीवन्त राख्ने बताएका छन् ।

शंखधर वचत तथा ऋण सहकारी संस्था लिमिटेड मध्यपुरथिमिको १३ औं वार्षिक साधारण सभालाई बुधबार सम्बोधन गर्दै उनले शंखधर चोकमा शंखसहितको शंखधर उद्यान तथा संग्रहालय समेत रहने गरी भवन निर्माण अन्तीम चरणमा पुगेको जानकारी दिए ।

उनले नगरपालिकाद्वारा सञ्चालिन नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना सङ्क्रमित नगरवासीको उपचारमा सहज बनाउन नगरपालिकलो पाँच वटा अक्सिजन मेशिन समेत जडान गरेको,सम्पदा संरक्षणदेखि सबै विकासका कामलाई तीब्रता दिएको बताए ।

कार्यक्रममा शंखधर साकोसका अध्यक्ष रामसुन्दर श्रेष्ठले मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाका स–साना रकमलाई बचत गर्दैै सरल एवं शुलभ ब्याज दरमा ऋण प्रवाह गर्दै सामाजिक, साँस्कृतिक गतिविधिहरु संस्थाले योगदान दिदै आएको बताए ।

संस्थाका सचिव लक्ष्मीभक्त ९राजु० श्रेष्ठले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले जोखिम व्यवस्थापन कार्यदल गठन गरी लकडाउनको समयमा ऋणको ब्याज बुझाउनेलाई ब्याजमा १२ प्रतिशत छुटको ब्यवस्था गरेको र कोषाध्यक्ष रामबहादुर श्रेष्ठले संस्थाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आ।व। २०७६र०७७ सम्ममा संस्थाको शेयर पुँजी ३ करोड ४५ लाख ८७ हजार ८०० पुगेको बताए ।

संस्थाका लेखा सुरिवेक्षण समितिका संयोजक रत्नसुन्दर श्रेष्ठले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरे । संस्थाका पूर्वअध्यक्ष रत्नकृष्ण श्रेष्ठले कोभिड महामारीको बीचमा सरकारले तोकेको मापदण्ड पुरा गरेर सीमित सदस्यको उपस्थितिमा साधारणसभा सम्पन्न गर्न सफल भएको र मानवीय सेवाको गतिविधिलाई अगाडि बढाएको बताए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।