ताजा अपडेट »

नेकपा अध्यक्षद्वय बीच छलफल जारी, प्रधानमन्त्रीले भने ठूलो सङ्कट आउन सक्छ,

विहीबार, २० कार्तिक २०७७, १३ : ४५
4 Shares

काठमाण्डौं । सत्तारुढ नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच विहिबार मध्यान्हदेखि भेटवार्ता जारी छ । ओलीलाई भेट्न प्रचण्ड मध्यान्ह १२ बजे प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । आईतबार सचिवालयका बहुमत सदस्यलाई खुमलटारमा बोलाएर प्रचण्डले ओलीले ‘सहमतिमै अलग हौं’ भन्ने प्रस्ताव राखेपछि नेकपाभित्रको पुरानो विवाद बल्झिएको हो ।

सचिवालय सदस्यहरुले ओलीसंग छलफल गरेर पार्टी बैठक बोलाएर समस्या सुल्झाउने सल्लाह दिएपछि उनीहरु बीच बुधबारै भेट्ने टुंगो लागेको थियो । दुई अध्यक्षबीच विवाद चुलिएको र तीब्र ध्रुबीकरण चलिरहेका बेला भइरहेको भेटलाई महत्वका साथ हेरिएको छ । 

यसै बीच प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा राजनीतिक सङ्कट देखापर्न सक्ने भन्दै सामना गर्न मन्त्रीहरूलाई निर्देशन दिएका छन् । मन्त्रिपरिषद्को बैठकमा पार्टी र सरकारले बेहोरिरहेको जटिलताबारे बताउँदै उनले अझै ठूलो सङ्कट सम्मुखमा रहेको बताएको एकमन्त्रीले बताए । “प्रधानमन्त्री चिन्तित देखिनुभएको थियो,” ती मन्त्रीले भने, “उहाँले जटिलताहरू बारे त बताउनु भएन । उहाँको संकेत पार्टीभित्र देखा परेको गत्यावरोध हुनसक्छ ।”

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।