ताजा अपडेट »

ट्राफिक प्रहरीको गाडीमा ढुङ्गा प्रहार गर्ने पक्राउ

मंगलबार, ०१ माघ २०७५, १५ : २६

माघ १,

मोरङ । ट्राफिक प्रहरीको गाडीमा ढुङ्गा प्रहार गर्ने एक जना पक्राउ मोरङको विराटनगरमा पक्राउ परेका छन् ।विराटनगर महानगरपालिका–६ बरमपुरामा सवारी चेकजाँचमा खटिएको ट्राफिक प्रहरी टोलीको गाडीमा ढुङगा प्रहार गर्ने एक जनालाई वडा प्रहरी कार्यालय (क) विराटनगरले पक्राउ गरेको हो ।

सोमबार बेलुका ८ बजेको समयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको टोलीले उक्त स्थानमा सवारी चेकजाँच गरिरहेको अवस्थामा ट्राफिक प्रहरीसँग बादबिवाद गर्दै एक्कासी जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङको बा १ झ ७८०९ नम्बरको गाडीमा ढुङगा प्रहार गर्ने विराटनगर–६ का ४२ वर्षीय रामप्रकाश कामतलाई नियन्त्रणमा लिईएको हो ।

कामतको ढुङगा प्रहारबाट गाडीको दाहिने पट्टीको सिसा फुटेको छ भने पक्राउ परेका कामतलाई वडा प्रहरी कार्यालय (क) विराटनगरमा राखी थप अनुसन्धान भईरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।