ताजा अपडेट »

बुटवलको कोरोना अस्पतालमा गुल्मीका ८५ वर्षीय संक्रमित पुरुषको मृत्यु

बुधबार, १९ कार्तिक २०७७, ११ : २०
6 Shares

बुटवल । बुटवलको कोरोना अस्पतालमा गुल्मीका एक संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालका अनुसार गुल्मीको दरबार गाउँपालिका–६ का ८५ वर्षीय बृद्धको बुधबार बिहान मृत्यु भएको हो ।

ती बृद्धमा कात्तिक १३ गते कोरोना पोजेटिभको रिपोर्ट आएपछि सोही दिन कोरोना विशेष अस्पतालमा भर्ना भएका थिए । उनमा ज्वरो र स्वासप्रश्वासमा समस्या रहेको अस्पताल प्रशासनले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।