ताजा अपडेट »

अमेरिकी चुनाव: प्रारम्भिक मत गणनामा ट्रम्पभन्दा बाइडन अगाडी

बुधबार, १९ कार्तिक २०७७, १० : ५६
4 Shares

काठमाडौँ । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार भएको मतदानको नतिजा सार्वजनिक भएको छ । प्रारम्भिक मत गणनामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन अगाडी रहेका छन् ।

जसमा बाइडनले २१३ इलेक्टोरल भोट पाएका छन् भने वर्तमान राष्ट्रपति एवं रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले ११८ इक्लेक्टोरल भोट प्राप्त गरेका छन् । बाइडनले कोलोराडो, न्युयोर्क, न्यु जर्सी, मेरिल्याण्ड, मासाचुएट्स, भर्मोन्टलगायतका राज्यको इलेक्टोरल भोट जितेका छन् भने ट्रम्पले नर्थ र साउथ डाकोटा, वेस्ट भर्जिनिया, इन्डियाना, अल्बामा लगायतका राज्यको इलेक्टोरोल भोट पाएका छन् । ब्याटल ग्राउण्ड मानिएका फ्लोरिडा, पेन्सिभानिया, टेक्सास, नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यको नतिजाले भने आउन बाँकी छ । यी राज्यको नतिजाले नै नयाँ राष्ट्रपति टुंगो लगाउनेछ ।

अमेरिकामा राष्ट्रपति पदको चुनाव इलेक्टोरल कलेज सिस्टममा हुन्छ । यसअनुसार राज्यको जनसंख्याको आधारमा इलेक्टोरल कलेजको मत दिइन्छ । अमेरिकामा इलेक्टोरल कलेजका ५३८ भोट हुन्छन् । त्यसैले राष्ट्रपति चुनाव जित्नका लागि कुनै पनि उम्मेदवारले इलेक्टोरल कलेजका २७० भोट पाउनुपर्छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।