ताजा अपडेट »

कोरोना पोजेटिभ देखिएकी पूर्वसभामुख महराकी पत्नी सिताको निधन

बुधबार, १९ कार्तिक २०७७, ०८ : ३२
6 Shares

काठमाडौ । पूर्वसभामुख कृष्णबहादुर महरालाई पत्नीशोक परेको छ। काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत सीताको ५९ वर्षमा बुधबार बिहान ६:२५ बजे निधन भएको हो। 

दशैंमा पुर्ख्यौली घर रोल्पाको मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ मा दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वाशप्रश्वासको समस्या देखिएपछि कात्तिक १४मा शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। 

नर्भिकमा पिसिआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो। १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो। सीता महरा माइस्थेनिया नामक रोगबाट विगत १० वर्षदेखि पीडित थिइन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।