ताजा अपडेट »

भूकम्पले पुरिएकी बालिकाको ९१ घण्टापछि जीवितै उद्धार

बुधबार, १९ कार्तिक २०७७, ०८ : १६
6 Shares

एजेन्सी । टर्कीको इजमिर शहरमा भूकम्पले ढलेको अपार्टमेन्टमा पुरिएकी बालिकाको ९१ घण्टापछि जीवितै उद्धार भएको छ । उद्धारकर्मीहरुले थर्मल ब्ल्याङकेटमा बेरेर यी बालिकालाई एम्बुुलेन्समा लगेका थिए । उनीहरुले ‘भगवान् महान् छन्’ भन्दै ताली बजाए । स्थानीय मिडियाकाअनुसार जीवितै उद्धार गरिएकी यी बालिका तीन वर्षीय आईदा गिजगिन हुन् । शुक्रबार अजियन समूून्द्रमा भूकम्पको शक्तिशाली धक्का जाँदा टर्की, ग्रिस, मेसिडोनिया र बुल्गेरिया प्रभावित भएका थिए । ७ रेक्टर स्केलको भूकम्प गएपछि ९१ घण्टासम्म यी बालिका भग्नावेशषमै थिइन् । 

उद्धारकर्ता नुस्रत अक्सोयका अनुसार उनले बालिका चिच्याएको सुनेपछि आफ्ना सहकर्मीहरुलाई चुप रहन भनेका थिए । त्यसपछि आवाज पछ्याउँदै उनीहरु बालिका भए ठाउँसम्म पुुग्ने प्रयासमा थिए । कंक्रिटको ब्लकबीच उनीहरुले बालिकाको पाखुरा देखें, त्यसपछि उनीहरु ती बालिकासँग बोलेका थिए । उद्धारकर्ताहरुका अनुसार बालिकाले हात हल्लाइन्, अनि नाम बताउँदै आफु सशुकल रहेको जानकारी दिइन् । त्यसपछि उनले पानी र आयरान (टर्किसहरुमाझ निकै प्रसिद्ध दही र पानी मिसिएको पेय पदार्थ) मागिन् ।

एक उद्धारकर्मीका अनुसार आयदा किचेनमा भेटिएकी थिइन्, भाँडा माझ्ने मेसिन र वासिङ मेसिनका कारण उनी जोगिएकी थिइन् । उनलाई कुनै चोट लागेको थिएन । आयदाको सकुशल उद्धार भएपनि उनकी आमालाई भने उद्धारकर्मीहरुले मृत अवस्था भेटेको टर्कीको आन्तरिक मन्त्रालयले जनाएको छ । यसअघि सोमबार एक तीन वर्षीया बालिका र १४ वर्षीया किशोरीको पनि इज्मिरमा जीवितै उद्धार भएको थियो ।  मंगलबारसम्म टर्कीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या १ सय २ पुगेको छ । त्यस्तै, इज्मिरमा थप १ हजार जना घाइते छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।