November 25, 2020, Wednesday
२०७७ मंसिर ११, बिहीबार

थप ३११४ जनामा कोरोना संक्रमण

246

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४जना स‌ंक्रमणमुक्त भएका छन् ।

 नेपालमा कोरोना संक्रमणबाट थप २० जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो अपडेट