ताजा अपडेट »

टिप्परको ठक्करबाट बुटवलमा पैदलयात्री बृद्धको मृत्यु

मंगलबार, १८ कार्तिक २०७७, १७ : १७
4 Shares

बुटवल । टिप्परले ठक्करको दिदा बुटवलमा पैदलयात्री बृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार बुटवल उपमहानगरपालिका–८ का ८१ वर्षीय नेत्रलाल श्रेष्ठको मृत्यु भएको हो ।

ती बृद्धलाई बुटवल उपमहानगरपालिका – ६ पुस्पलाल पार्क स्थित पुर्व पश्चिम राजमार्गमा बाटो क्रस गर्दै गर्दा लु २ ख ३०४६ नम्बरको टिप्परले सोमबार दिउँसो ठक्कर दिएको थियो । टिप्परले ठक्कर दिदा सामान्य घाइते भएका बृद्धको उपचारको लागि प्रादेशिक अस्पताल बुटवल लगिएकोमा ढाडको सम्स्याको कारण थप उपचारको लागि भैरहबा मेडिकल कलेज लगिएकोमा लगिएको थियो । उनको उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।