ताजा अपडेट »

कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा खान

मंगलबार, १८ कार्तिक २०७७, १३ : ५८
4 Shares

बुटवल । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको प्रमुख सचेतकमा फखरुद्दिन खान नियुक्त भएका छन् । प्रदेश सभा खानलाई कांग्रेस संसदीय दलको विधान २०७४ को दफा ११(१) बमोजिम प्रमुख सचेतकमा संसदीय दलका नेता वीरेन्द्र कुमार कानोडियाले नियुक्त गरेका हुन् ।

खान रुपन्देही क्षेत्र नम्बर ५(२) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

यस अघि प्रमुख सचेतक रहेका बाँकेबाट निर्वाचित प्रदेशसभा सदस्य सुरेन्द्र हमालले पदबाट राजीनामा दिएपछि रिक्त रहेको प्रमुख सचेतक पदमा खानलाई नियुक्त गरिएको कांग्रेस संसदीय दल लुम्बिनी प्रदेशले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।