November 26, 2020, Thursday
२०७७ मंसिर १२, शुक्रबार

मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनामा तीन पक्राउ

222

मोरङ । मोरङमा दुई बेग्लाबेग्लै बलात्कार घटनाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको बेलबारी नगरपालिका–१ स्थित अमना सिसौली जङ्गलमा यही कात्तिक १३ गते राति ११ः३० बजे सोही नगरपालिका–३ निवासी सुकमान तामाङले चक्रबहादुर चौधरीको सहयोगमा एक बालिकालाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरेको थियो ।

यस्तै सोही दिन दिउँसो करिब ३ः३० मा मोरङको ग्रामथान गाउँपालिका–२ निवासी ४० वर्षीय जुमेश सरदारले स्थानीय एक युवतीलाई बलात्कार गरी फरार रहेको अवस्थामा सोमबार प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले आज जानकारी दिए ।

पछिल्लो अपडेट